२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेष्ट इण्डिजविरुद्ध नेपालको पराजय निश्चित

Defeat of Nepal against West Indies is certain

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा टेष्ट राष्ट्र वेष्ट इण्डिजविरुद्ध खेलेको नेपालको पराजय निश्चित भएको छ । आरिफ शेखले अर्धशतक मात्र बनाउँदै आउट भएसँगै नेपालका ९ विकेट ढलिसकेका छन् । अब २१ बलमा १२० रन पुर्याउनुपर्नेछ । यो सम्भव नै छैन ।

तेस्रो विकेट गुमेपछि ब्याटिङमा आएका शेखले ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका थिए । ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि शेखले सम्हालिएर खेलिरहेका थिए । उनले ८६ बल सामना गर्दै अर्धशतक पूरा गरेका हुन् । अरु कसैले खासै राम्रो रन जोड्न सकेनन् ।

 

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस