२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हिसान शैक्षिक मेला नरोक्न काठमाडौं महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालतले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासमा भएको दोहोरो बहसपछि हिसान शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो।

शैक्षिक मेला सुरु भएकै दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको निर्देशनमा गएका नगर प्रहरीले मेलास्थल खाली गराएका थिए।

महानगरपालिकासँग समन्वय नगरी मेला आयोजना गरिएकाले बन्द गराइएको उनीहरूको तर्क थियो। अदालतले भने संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रममा स्थानीय तहको अनुमति नचाहिने भन्दै उच्च अदालतले हिसान शैक्षिक मेला नरोक्न भनेको हो।

महानगरले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एसोसियसन हिसान अदालत गएको थियो। हिसानको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, रमेश बडाल, सुनील पोखरेल, रमण कर्णले बहस गर्नुभएको थियो । काठमाडौं महानगरको तर्फबाट ओमप्रकाश अर्यालले बहस गर्नुभयो। उहाँ महानगरको कानुनी सल्लाहकार हो ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस