२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पार्टीमा हर्क र बालेनलाई जोड्ने हाम्रो चाहाना छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्ने चाहाना भएको बताउनुभएको छ ।

रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्ने चाहाना भएको बताएको बताउनुभएको हो ।

पत्रकारले स्वतन्त्रहरुलाई समेटेर अगाडि बढ्ने योजना छ भन्ने प्रश्नमा जवाफ दिंदै उहाँले भन्नुभयो, हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो, हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ। सम्बन्धको हिसाबले पनि राम्रो छ। उहाँको कामको प्रसंशा गरेकै छु। चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु। उहाँहरुले आफै पनि राम्रो काम गरिरहनु भएको छ।

 

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस