२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जापानमा नेपाली विद्यार्थी अमृत मृत फेला

काठमाडौं । जापानमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । रूकुमका ३४ वर्षीय अमृत बुढा आज जापानको इबाराकीको चुकुवा सिटी कानामेमा मृत फेला परेका हुन्।

कोठा खोलेर हेर्दा उनको शव सडेगलेको अवस्थामा भेटिएको थियो । उनी बस्ने घरको कोठा खोलेर हेर्दा उनी मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए। उनको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

वरिष्ठ उपाध्यक्ष निउरेका अनुसार शव सडेगलेको अवस्थामा रहेकाले आज जापानमै अन्त्येष्टि हुने भएको छ । उनि विद्यार्थी भिषामा जापान आई गत अप्रिलमा सेम्बुन गाक्को सकाएर एक कम्पनीमा काम सुरू गरेका थिए । मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस