२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपचारको क्रममा वडाध्यक्ष आलमको मृत्यु, नगरमा शोक विदा

मदन ठाकुर, रौतहट । रौतहटका एक जना वडाध्यक्षको मृत्यु भएको छ। रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शेख मोजरे आलमको उपचारको क्रममा बिहीबार काठमाडौँमा मृत्यु भएको हो।

वडाध्यक्ष शेख दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष शेखको मृत्यु भएपछि राजपुर नगरपालिकाले शोक सन्देश जारी गरेको छ। राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले असार ८ गते एक दिन नगरपालिका कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा दिइएको जानकारी गराउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस