२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेट संशोधनको पक्षमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटलाई लिएर अहिले सत्ता गठबन्धन दलबीचमा नै असमझदारी बढेको छ । संसद्मा बजेटमाथिको छलफलमा अरोप–प्रत्यारोप लगाउनु, असन्तुष्टि व्यक्त गर्नु प्रतिपक्ष दलको धर्म भएपनि अहिले संसद्मा सत्ता पक्षका सांसदहरुले नै असन्तुष्टि पोखिरहेका छन् ।

 

बजेटलाई लिएर सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) नेपाली कांग्रेस, जनता समाजवादी दलहरुले विरोध गरिरहेका छन् । कांग्रेस र नेकपा (एस) र जसपा लगायतका दलको अडान संशोधन नगरी बजेट पास गर्न नसकिनेमा रहेको छ ।

बजेटलाई लिएर गठबन्धन दलबीचमा बढ्दो असमझदारीलाई कम गरी सरकार टिकाउनका लागि पनि अहिलेको सरकारले बजेटमा संशोधन गर्नुको विकल्प छैन । बजेट संशोधन नभएको खण्डमा आफू नेतृत्वको सरकार धर्मराउने बुझिसक्नुभएका प्रधानमन्त्री प्रचण्ड अन्ततः बजेट संशोधनको विल्पमा जाने निश्चित छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस