२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्व बैंकर रविना देशराज श्रेष्ठले गरिन् विवाह, छोराहरुले गरे आमाको बिहेको सबै संस्कार

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले लगनगाँठो कसेकी छिन् । उनले प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् ।

बिहीबार निकट साथीभाइ तथा आफन्तकाबीच उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् । उनको विवाह सम्पन्न गराउन छोराहरु नै पूर्ण रुपमा खटिएका थिए ।

प्रसन्न मुद्रामा देखिएका यी जोडीलाई रविनाका छोरा आयुष्मान देशराज श्रेष्ठ जोशी, बुहारी प्रियंका कार्की, कान्छा छोरा आशिरमान देशराज श्रेष्ठ जोशीले साथ दिएको देखिन्छन् । रविना रातो लेहेंगामा सजिएकी छिन् भने स्टुआर्ट सेतो र रातो पहिरनमा विवाहमा देखिए । हिन्दु परम्परा अनुसार उनीहरूले धुमधामसँग विवाह गरेका छन् ।

यसैगरी, मोडल परमिता राणा र निरिशा बस्नेत पनि रविनाको विवाहमा रमाइरहेको देख्न सकिन्छ । विवाहका लागि नै स्टुआर्टकी छोरी इसाबेला च्यापमान पनि यतिबेला आफ्नी छोरी लिएर नेपाल आइपुगेकी छिन् ।यसैगरी, स्टुआर्टका छोरा एलेक्जेन्डर च्यापम्यान पनि बेहुलाकासाथमा देखिएका छन् । बेलायती नागरकि स्टुआर्ट विश्व वन्यजन्तु कोषमा कार्यरत छन्।

गत वर्षको भ्यालेन्टाइन डेमा रवीनालाई प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यापम्यानले विवाहको प्रस्ताव राखेका थिए। रविनाले इन्स्टाग्राममार्फत आफ्नो ईन्गेजमेन्टको जानकारी दिएकी थिइन् । केही समय अघि सेलिब्रिटी बैंकरका रूपमा परिचित रविनाले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएकी थिइन् ।

 

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस