२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोनाल्डोले बनाए विश्वरेकर्ड

Cristiano Ronaldo

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा नयाँ रेकर्ड राखेका छन् । रोनाल्डो राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक दुई सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । सन् २०२४ को युरोकप छनोटमा रोनाल्डोले आइसल्यान्डविरुद्ध खेलसँगै फुटबल इतिहासमा दुई सय अन्तर्राष्ट्रिय खेल संख्या पूरा गरेका हुन् ।

३८ वर्षीय रोनाल्डोले आयरल्यान्डमाथि १–० को जित निकाल्दा निर्णायक गोलसमेत गरे । जितसँगै पोर्चुगल युरोकप छनोटको समूह ‘जे’को शीर्ष स्थानमा रह्यो । छनोट खेलमा पोर्चुगलले लगातार चार खेलमा जित निकालेको छ ।

बम
पोर्चुगलका लागि दुई सय अन्तर्राष्ट्रिय खेल पूरा गरेका रोनाल्डोले १२३औँ अन्तर्राष्ट्रिय गोल संख्या पुर्‍याएका छन् । उनले अन्तर्राष्ट्रिय गोल संख्या पनि अगाडि बढाउँदै लगेका छन् । जुन आफैँमा एक विश्व कीर्तिमान हो । रोनाल्डोले अहिले साउदी अरेबियाको अल नासेर क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । यसै सिजन मात्र उनी कीर्तिमानी रकममा अल नासेरसँग आबद्ध भएका थिए । गत मार्चमा रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कुवेतका स्ट्राइकर बादेर अलको १९६औँ खेलको रेकर्ड तोडेका थिए ।

फुटबलमा फेरि एउटा रेकर्ड राखेपछि रोनाल्डोले अचम्म लागेको बताएका छन् । ‘यो रेकर्ड वा कीर्तिमान हेर्दा आफैँलाई अचम्म लागेको छ,’ खेलपछि रोनाल्डोले भने, ‘अझ यसमा विजयी गोल गर्न पाउँदा थप खुसी भएको छु ।’

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस