२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोरखामा जन्ति बोकेको बस दुर्घटना हुदा ५ को मृत्यु, १२ जना घाइते

काठमाडौं । गोरखामा जिप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

राति १ बजेको आसपासमा दुर्घटनामा परेको सो जिपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार जीपमा सवार घाइते १२ जनालाई भने आबुखैरेनी अस्पतालमा लगिएको छ ।

बिहेको लागि टिकोटालो गरेर फर्किएको जिप दुर्घटनामा परेको हो । बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर मात्रै अगाडि पुगे पछि सो जिप दुर्घटनामा परेको थियो । विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस