२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘टाइटानिक’ जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाकाे ज्यान गयाे

एजेन्सी । एटलान्टिक महासागरमा टाइटानिक जहाजकाे भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाकाे ज्यान गएकाे छ । अमेरिकी काेस्ट गार्डले यसकाे पुष्टि गरेकाे हाे ।

अमेरिकी काेस्ट गार्डका एक अधिकारीले पनडुब्बीकाे पाँच भाग टाइटानिक जहाजकाे एक हजार छ सय फिटमा फेला परेको पुष्टि गरेका छन् । भेटिएको भग्नावशेष विपत्तिजनक विस्फोटसँग मिल्दोजुल्दो रहेको जनाइएकाे छ ।

टाइटानिक जहाजकाे भग्नावशेष हेर्न पर्यटक बाेकेर गएकाे पनडुब्बी जहाज गएकाे आइतवार बेपत्ता भएकाे थियाे । जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुई जना बेलायती–पाकिस्तानी, एक जना बेलायती व्यापारी र एक जना फ्रान्सेली अन्वेषक थिए ।

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो ।

केही वर्षदेखि टाइटनिक जहाजको भग्नावशेष देखाउन ओशनगेट कम्पनीले पनडुब्बीमार्फत पर्यटक लैजाने गरेकाे छ । कम्पनीले आठ दिनकाे प्याकेजका लागि प्रतिव्यक्ति साढे १ लाख डलर लिने गरेकाे छ ।

 

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस