२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापामा विवाह मण्डपबाटै बेहुला पक्राउ

झापा । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले झापाको गौरादहबाट पक्राउ लिएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का साजन चौधरी रहेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

गौरादह नगरपालिका–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई हिजो बिहीवार विवाह मण्डपबाट नै पक्राउ गरेको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजकुमार लामाले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस