२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिका विश्व कप छनाेटबाट बाहिरियाे

काठमाडौं । अमेरिका आईसीसी एकदिवसीय विश्व कप छनाेटबाट बाहिरिएकाे छ । लगातार तेस्राे हारसँगै अमेरिका एक खेलअघि नै प्रतियाेगिताबाट बाहिरिएकाे हाे । अमेरिकाको ‘सुपर सिक्स’ हुँदै विश्व कप खेल्ने सम्भावना सकिएकाे हाे ।

हिजाे बिहीवार भएकाे खेलमा अमेरिका नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयाे । अमेरिकाले दिएकाे २ सय १२ रनकाे लक्ष्य नेदरल्यान्ड्सले ४३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका कप्तान एवम् विकेटकिपर स्कट इडवार्ड्सले नटआउट ६७ र तेजा निदामनुरुले ५८ रन बनाए । अमेरिकाका जसदीप सिंहले २ विकेट लिए ।

यसअघि हरारेमा टस हारेर ब्याटिङ गरेकाे अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनायाे । अमेरिकाका शयन जहाङ्गिरले सर्वाधिक ७१ रन बनाए । यस्तै जेसी सिंहले ३८ र गजानन्द सिंहले ३३ रन बनाए । नेदरल्यान्ड्सका रायन क्लेइन र बास दि लिदेले २/२ विकेट लिए ।

समूह ‘ए’ मा वेस्ट इन्डिज २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै नेदरल्यान्ड्स तेस्राे र अमेरिका पुछारमा छ ।

 

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस