२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ( SEE results ) सार्वजनिक गर्न अन्तिम तयारी भइरहेको जनाएको छ । बोर्डले सम्पूर्ण काम सकेर अहिले रुजु गर्ने र भेरीफाई गर्ने काम भइरहेको जानकारी दिँदै नतिजा सार्वजनिक गर्न अन्तिम तयारी भइरहेको जनाएको हो ।

परीक्षा नियन्त्रण बिष्णु नारायण श्रेष्ठका अनुसार असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । उहाँले नतिजालाई त्रुटिरहित बनाउनका लागि रुजु गर्ने र भेरीफाई गर्ने काम भइरहेको बताउँदै सो काम सकिने वित्तिकै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताउनुभयो ।

बोर्डले ५१ वटा उत्तरपुस्तिका परीक्षण केन्द्र तोकेर परीक्षण र समपरीक्षण गर्ने कार्य गरेको थियो । एसईई परीक्षा गत चैत्र १७ गतेदेखि २ हजार ३७ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको थियो ।

यो वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी थिए । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना परीक्षार्थी सहभागी थिए । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जनाले परीक्षा दिएका थिए ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस