२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पशुपति अध्ययन केन्द्र स्थापना गरिँदै

Pashupatinath

काठमाडौं । एक जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो । वि.सं. २०६० मा बलबहादुर केसी संस्कृतिमन्त्री हुँदा विद्याश्रममा एक जिल्लाको एकजना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउँनुहुन्छ ।

वि.सं. २०७६ देखि भने आवासीय विद्यार्थीको सङ्ख्या बढाएर १०९ पुर्याइएको छ । आवासीय विद्यार्थीको सङ्ख्या १०९ पुर्याइएको छ । कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ । यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै विस्तारसमेत हुन थालेका छन् । योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ । पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्वपूर्ण शैक्षिक संस्था हो ।

यही विद्याश्रमकै कारण पाठ्यक्रम विकास केन्द्रले वेद विद्याश्रमको छुट्टै पाठ्यक्रम निर्माण गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तकसमेत छपाइ भइरहेको छ । यसबाट देशभर सञ्चालनमा रहेका करिब दुई सय गुरुकुललाई सहयोग पुगेको छ । विद्याश्रम पूर्वीय दर्शनको संरक्षणमा महत्वपूर्ण शैक्षिक संस्था भए पनि शिक्षक, कर्मचारीको वृत्ति विकासमा व्यवस्थापनले ध्यान नदिएको गुनासो हुने गरेको छ ।

वि.सं. २०५६ देखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एकजना अध्यापकमात्र स्थायी र अरु करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ । करारमा काम गर्दा अवसर पाउने वित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो । यस विषयमा कोष व्यवस्थापनले ध्यान दिनुपर्ने छ । कोषले पशुपति हिन्दू विश्वविद्यालयका अवधारणा पनि अघि सारेको छ । जहाँ पूर्वी दर्शनका सबै विषय अध्ययन, अध्यापनको व्यवस्था गरिने सोच अघि ल्याइएको छ ।

 

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस