२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समर्थकलाई रवि लामिछानेलेको अनुरोध, सामाजिक सञ्जालमा सभ्य र शिष्ट भइदिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमा गाली गलौजमा नउत्रिन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा उहाँले समर्थकले जथाभावी टिप्पणी गर्दा नेताहरुलाई पनि अप्ठेरो पर्ने बताउनुभयो ।

‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन् । असाध्यै धेरै गालीगलौज गर्छन् भनेर आरोप लागेको छ । अब त्यो आरोप खपेर बस्न मिल्दैन’ उहाँले भन्नुभयो ।

 

पार्टीका नेताहरुलाई आएको गाली र आलोचनामाथि टिप्पणी गर्दा पनि सभ्य ढंगले गर्न लामिछानेले आग्रह गर्नुभयो । नेताहरु इमानमा रहेका दिनसम्म मात्र कार्यकर्ताले बचाउने भन्दै उहाँले नेताहरुले इमान छाडेको दिन कार्यकर्ताले बचाउनतिर लाग्न नहुने पनि बताउनुभयो ।

‘म यो पनि तपाईहरुलाई भन्न चाहन्छु–इमानमा रहुन्जेल बचाउनुपर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाइदिनुभयो भने अहो रास्वपाका समर्थकहरु त कति शिष्ट भए भएछन्, पहिला त कस्तो थिए, अहिले त कति राम्रा भएछन् ? आलोचना त गर्छन, सुन्छन । तर कति सभ्य र शिष्ट ढंगले गर्छन् भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनुपर्नेछ’, लामिछानेले भन्नुभयो ।

उहाँले २०८४ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो बन्नबाट कसैले रोक्न नसक्ने पनि बताउनुभयो । उनले रास्वपा आफ्नै कारणले मात्र पराजित हुने भन्दै अरुले हराउन नसक्ने दाबी गर्नुभयो । ‘हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लड्छौं । अरुले हामीलाई लडाउने तागतनै राख्दैन । म यति भन्न चाहन्छु । प्रयास त हुन्छन्, भइरहेका छन् । अहिले देख्नु भएको छैन संगठित रुपमा हामीलाई लडाउने प्रयास भईरहेको छ । यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरुको फोटो राख्दै’ रविले भन्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस