२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रुसमा सुरक्षा व्यवस्था कडा, वाग्नर समूहका प्रमुखमाथि विद्रोहको आरोप

काठमाडौं । रुसमा आन्तरिक द्वन्द्व चर्किने सम्भावनालाई मध्यनजर गरी विभिन्न मूख्य सहरको सुरक्षा व्यवस्था कडा पारिएको छ । वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले आफ्ना सैनिकहरु रुसी क्षेत्रमा प्रवेश गरेको बताएपछि सुरक्षा व्यवस्था कडा परिएको हो ।

वाग्नर समूह रुसको लागि युक्रेनविरुद्ध लडिरहेको एउटा निजी सैनिक दस्ता हो । तर प्रिगोजिनले शुक्रबार राति रुसी आक्रमणमा आफ्ना थुप्रै साथीहरु मारिएको आरोप लगाएका छन् । उक्त आक्रमणको बदला लिन अब आफ्ना सैनिकहरु रुस प्रवेश गरेको प्रिगोजिनले बताएका हुन् ।

उनले युक्रेनी सैनिकसँग मिलेर केही रुसी सीमा पार गरेको दाबी गरेका छन् । रुसकै लागि लड्दै आएको वाग्नर समूहले विद्रोह गरेसँगै विभिन्न अड्कलबाजी सुरु भएको छ ।

रुसले भने प्रिगोजिनले विद्रोह गरेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान सुरु गरेको छ । क्रेमलिनले वाग्नर समूहले शिविरमा आक्रमण गरेको दाबीको खण्डन गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू सम्पूर्ण घटनाक्रमको बारेमा अवगत भएको बताएका छन् । रुसी सैनिक अधिकारीहरुले वाग्नर समूहका सैनिकहरुलाई तत्काल विद्रोह त्याग्न आग्रह गरेका छन् ।

वाग्नर समूह कसले बनायो ?

यति बेला यो समूहको नेतृत्व येभ्गेनी प्रिगोजिनले गरिरहेका छन् । द जेम्सटाइन फाउन्डेसन थिंक ट्यांकका वरिष्ठ फेलो डा. सर्गेई सुखान्किनकाअनुसार वाग्नर समूह दिमित्री उत्किन नामका एक व्यक्तिले खडा गरेका थिए । उनी सन् २०१३ सम्म रुसी विशेष सैन्य दस्तामा थिए ।

सुखान्किन भन्छन्, ‘वाग्नर समूहमा उनले ३५ देखि ५० वर्ष उमेर समूहका मानिसलाई भर्ती लिए, जसमाथि परिवारिक समस्या तथा ऋणको बोझ थियो । यसमा भर्ती भएका अधिकांश साना सहरका व्यक्तिहरु थिए जहाँ रोजगारीको अवसर कम थियो । यिनीहरुमध्ये कोही चेचन्या संघर्ष त कोही रुस–जर्जिया युद्धमा सहभागी थिए । उनीहरुमा युद्धको अनुभव थियो ।’

रुसी सैन्य गुप्तचर विभाग नजिक एक स्थानमा करिब तीन महिनासम्म उनीहरुलाई तालिम दिइएको सुखान्किन बताउँछन् । त्यसैले यो समूहको सम्बन्ध रुसी सेनासँग रहेको उनको दाबी छ ।

 

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस