२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालीलाई चोट पुर्याउने आदिपुरुषको जहाज डुब्यो, आठौं दिनमा आम्दानी ३.२५ करोड मात्रै

काठमाडौं । हरेक नेपालीको मनमा चोट प्ुर्याएको फिल्म आदिपुरुषका निर्माण पक्षको लगानी नै डुब्ने निश्चित छ । आदिपुरुषमा हनुमानका केही संवादलाई फ्यानबाट तिखो प्रतिक्रिया आएको थियो, जसका कारण निर्माताले फिल्ममा धेरै परिवर्तनहरु गर्नु परेको थियो । सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आए पछि केही संबाद परिवर्तन गर्दैै आदिपुरुष निर्माताले २२ र २३ जुनको टिकटको रकम घटाउने निर्णय लिएका थिए ।

तर, टिकटको कम मूल्यका बाबजुद पनि यी दुवै दिनमा सबैभन्दा बढी कमाईमा गिरावट आएको छ, जसले फ्यानहरूलाई स्तब्ध बनाउने छ। यसै क्रममा आदिपुरुषको आठौं दिनको कमाईको तथ्यांक सार्वजनिक भएको छ । जुन अचम्मको छ ।

प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले आठौं दिन मात्र ३.२५ करोड कमाएको छ । जबकि कुल कमाई २६३.१५ करोड पुगेको छ । तर, आगामी दिनमा आदिपुरुषको कमाई हेर्दा यो फिल्मले भारतमा ३०० करोडको आँकडा पार गर्न सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै छ । तर बजेट बक्स अफिसबाट ५०० करोड कमाउनु त टाढाको कुरा हुनेछ ।

पहिलो हप्ताको कमाईको कुरा गर्दा पहिलो दिन ८६.७५ करोड, दोस्रो दिन ६५.२५ करोड, तेस्रो दिन ६९.१ करोड, चौथो दिन १८ करोड, पाँचौं दिन १०.७ करोड, छैटौं दिन ७.२५ करोड, सातौं दिनमा ४.८५ करोड कमाई गरेको थियो ।

यसपछि पहिलो साता भारतमा फिल्मको कुल कमाई २५९.९ करोड पुगेको छ । आदिपुरुषको विश्वव्यापी बक्स अफिसले ४०० करोड भने पूरा गरेको छ । तर यो बलिउड फिल्महरुको दाजोमा उल्लेखनीय कमाइ होइन ।

जुन १६ मा रिलिज भएको आदिपुरुष रामायणबाट प्रेरित भएको बताइएको छ । जसका कारण रिलिज हुनुअघि नै फिल्मको चर्चा चर्किएको थियो । तर फिल्म रिलिज हुनेबित्तिकै संवाद र दृश्य देखेर फ्यानको आक्रोश सातौं आकाशमा पुगेको छ । जहाँ २२ र २३ जुनमा टिकट सस्तो बनाउनुका साथै निर्माताले संवादमा पनि परिवर्तन गरेका छन् । यद्यपी नेपालमा अझै यो विवादमा छ । जानकी (सीता) भारतीय छोरी भन्ने आशयको सम्वादका कारण नेपालका अधिकांश ठूला सहरमा यो फिल्म मात्र हैन हिन्दी चलचित्र नै प्रतिवन्ध लाग्यो ।

 

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस