२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२ अर्ब २६ करोडको बजेट ल्याएको भक्तपुर नगरपालिकामा यस्ता छन् महत्वकांक्षी योजना

भक्तपुर । भक्तपुर नगरपालिकाले २०८०/८१ को लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आय-व्यायले बजेट प्रस्तुत गर्नुभयो ।

बजेटको चालू खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख ९४ हजार रुपैया र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैया र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख अर्थात् विनियोजन गरेको छ। बजेट वक्तव्यमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरूलाई अनुदान दिन २ करोड बजेटको छुट्याइएको छ।भने शैक्षिक ऋणको लागि २ करोड रूपैयाँ छुट्याइएको छ। विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुले पाउँदै आएको तलबमा नगरपालिकाले प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने व्यवस्था गरेको छ।

ख्वप अस्पतालमा सीटी स्क्यान खरिदको गर्न ८ करोड रुपैयाँ, भौतिक पूर्वाधार निर्माणको २ करोड रुपैयाँ, सञ्चालन खर्चका ३ करोड रूपैयाँ र वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका गर्न ३० लाख र भनपा वा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरेको छ।

सम्पदा र संस्कृतिक संरक्षणतर्फ वडा.३ को ऐतिहासिक थन्थु दरबार पुनस्निर्माणका लागि २ करोड र इन्द्रायणी द्यो छेँ पुनः निर्माणको लागि २० लाख रुपैयाँ थप गरिएको नगरपालिको भनाइ छ। त्यस्तै वडा-४ मा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणका लागि ८५ लाख, इखालाछी मठ पुनःनिर्माणका लागि ५० लाख र हाडा छेँ पुनःनिर्माणको लागि ३० लाख रुपैयाँ थप विनियोजन गरिएको छ।

वडा-७ मा साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र वडा-२ मा कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ। भने वडा-६ स्थित छुमा गणेश द्यो छे पुनःनिर्माणका लागि ५० लाख थप विनियोजन गरिएको छ। लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ, वडा-५ मा तरकारी बजार निर्माण गर्न ७० लाख रुपैयाँ थप विनियोजन गरेको छ भने कृषि अनुसन्धान केन्द्र स्थापना गर्न २० लाख र व्यवस्थित वधशाला निर्माण गर्न १० लाख रूपैंयाँ बजेट राखेको छ।

नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन विधिका लागि १ करोड, वडा-१० मा डिप बोरीङ गर्न २५ लाख, वडा-१ को सिंहख्वातेमा डिप बोरिङ गर्न २० लाख र वडा-९ को तुमचोमा खानेपानी पूर्वाधार निर्माण गर्न २५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैयाँ, अरनिको सभाभवन निर्माणका लागि ३ करोड २० लाख र बागमती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षिय योजनाका रुपमा अघि बढाएको छ। साथै कमलविनायक बहुउद्देश्यीय भवन निर्माण कार्यका लागि ४ करोड, वडा-९ तौलाछे वाथिकुथि (लिवि) मा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण कार्यका लागि २५ लाख विनियोजन गरिएको छ भने वडास्तरीय योजनाको मर्मत, निर्माण तथा स्तरोन्नतिका लागि ५०/५० लाख गरी कुल ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

खेलकुदअन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड र शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा २५ लाख रूपैयाँ विनियोजन गरेको छ। नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको छ।

विविध योजना तथा कार्यक्रमहरुअन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि २० लाख, देको मिवा इटापाके आवास योजनाका लागि १८ करोड, पार्किङ पूर्वाधार निर्माणमा ५० लाख रूपैयाँ विनियोजन गरेको छ। सिसिटिभी प्रणाली जडान गर्न २३ लाख, आदर निकेतन भवन निर्माण गर्न थप ५० लाख विनियोजन गरेको छ भने यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था गरेको छ ।

 

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस