२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झिंगा बन्दैछन् समलिंगी

Flies are becoming gay

काठमाडौं । फलमा झुम्मिने झिँगा अर्थात् फ्रुट फ्लाइजहरु समलिंगी बनिरहेका छन् । भाले झिँगाले भालेसँगै संसर्ग गर्न थालेको छ । किनकी उसले भाले र पोथीबीचको अन्तर नै छुट्टाउन छाडेको छ । यसमा भाले झिँगाको कुनै गल्ती छैन । गल्ती त मानिसको हो ।

मानिसले नै फैलिएको प्रदुषणका कारण ओजोन तह विनास भएकाले त्यसको अनौठो असर झिँगामा परेको हो । ओजोन विनासका कारण फलझिँगामा लिंग तय गर्ने फेरोमोन्स हर्मोनमा कमी आइरहेको छ ।

यो झिँगामा फेरोमोन्स हर्मोनको सही मात्रा भएमात्रै झिँगाले आफ्ना लागि उपयुक्त पार्टन खोज्न सक्दछ । यदि यस्तो हर्मोनको कमी भएमा भाले झिँगाले पोथी खोज्न छाडेर भालेसँगै सम्बन्ध बनाउन थाल्छ ।

जर्मनकी म्याक्स प्लांक इन्स्टिच्यूट फर केमिकल इकोलोजीका शोधकर्ताहरुले ओजोन विनास गर्ने ग्यासको मात्रा बढ्दा हुने दुष्प्रभावका बारेमा अनुसन्धान गरेका थिए । उक्त अनुसन्धानबाट फलझिँगा अर्थात् डोर्सोफिला मेलानोग्यास्टर तिव्र रुपमा समलिंगी बन्दै गएको पाइएको हो ।

झिँगा प्रजातीमा भालेले सरीरबाट फेरोमोन्स निकाल्दछ । ताकि विभिन्न किराहरुको बीचमा भाले तथा पोथीलाई खोज्न सकियोस् । तर ओजोन प्रदुषणका कारण अहिले भाले झिँगाहरु भालेतर्फ नै आकर्षित हुन थालेका छन् ।

उक्त शोध हालै नेचर कम्युनिकेसन्स जर्नलमा छापिएको छ । फेरोमोन्सलाई cis-Vaccenyl Acetate (cVA) पनि भनिन्छ । यसमा दोहोरो कार्वन बण्ड हुन्छ । तर ओजोन विनासक ग्यासहरुको प्रदुषणका कारण यो हर्मोनको अक्सिडेसन हुन थाल्छ । जसले गर्दा भाले झिँगाले निकाल्ने फेरोमोन्स कमजोर हुन्छ ।

आफुले उत्सर्जन गर्ने फेरोमोन्स कमजोर भएसँगै भालेले अन्य झिँगाहरुसँग सम्पर्क पनि गर्न पाउँदैन र पोथीलाई त पहिचान गर्नमै समस्या हुन्छ । भाले झिँगा उल्टै अर्को भालेतर्फ आकर्षित हुन थाल्छ ।

शोधकर्ताहरुका अनुसार अध्ययन गरिएका झिँगामध्ये केवल ७० प्रतिशतले भालेले मात्रै पोथी फेला पार्न सकेका छन् । अन्य ३० प्रतिशत भाले झिँगाले भने समलिंगी सम्बन्ध कायम गर्न थालेका छन् । एजेन्सी

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस