काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने थालेको छ ।
आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ ।
सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भूगर्भ विभाग, सुनचाँदी व्यवसाय महासंघका प्रतिनिधि समेत त्यहाँ राखिएको छ । पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वसाधारण मानिसहरु सबैलाई बाहिर निकालिएको छ ।
प्रकाशित मिति : २०८० असार १० गते आइतवार