२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतको उडिसामा एक आपसमा बस ठोक्किँदा ११ जनाको मृत्यु

नयाँ दिल्ली । उडिसा राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ ।

घटनालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरुलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस