२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

नेपाली मूलका मिडफिल्डर राई इंग्लिस फुटबल लिगमा अनुबन्ध

काठमाडौँ । नेपाली मूलका मिडफिल्डर किवन राई इंग्लिस फुटबल लिग (ईएफएल) क्लब न्युपोर्ट काउन्टीमा अनुबन्ध भएका छन्।

१८ वर्षीय मिडफिल्डर राई न्यु पोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा पुगेका हुन्। वेल्समा जन्मिएका राई सन् २०२१ मा न्युपोर्टको एकेडेमी भर्ना भएका थिए।

राई गत मार्चमा न्यु पोर्टको सिनियर टोलीबाट ४ खेल खेलिसकेका छन्।

ब्रेकन कोरिन्थियन्समा राईको प्रतिभा देखेपछि न्यु पोर्टले आफ्नो एकेडेमीमा भर्ना गरेको थियो। छोटो समयमा नै एकेडेमीमा प्रभाव देखाएका उनले केही महिनामा नै सिनियर टोलीमा डेब्यु गरेका थिए।

आफ्नो सानैदेखिको सपना रहेको पहिलो व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्न पाउँदा खुशी लागेको राईले बताएका छन् राई इएफएलमा अनुबन्ध हुने नेपाली मुलका पहिलो पुरुष खेलाडी हुन्।

यसअघि अस्मिता आलेमगरले प्रिमियर लिगबाटै व्यवसायिक खेल खेलिसकेकी छिन्।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस