२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पशुपतिनाथ मन्दिरमा लगाएको जलहरी अख्तियारले जोख्दा आधा केजी कम भेटियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिमा राखिएको सुनको जलहरी जोखेको छ। आइतबार दिउँसो जलहरी जोख्न पशुपतिनाथ पुगेको अख्तियारको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरी जोखेको हो।

अख्तियारको टोलीले उक्त सुन जोख्दा आधा केजी कम पाइएको छ। सुन जोख्न पशुपति पुगेका टोलीमध्येका एक सदस्यका अनुसार जलहरीमा प्रयोग भएको भन्दा आधा केजी सुन कम पाइएको हो। त्यसमध्ये जलहरीको रिङ र बेल्टमा १०.४३२५ मा प्रयोग भएको पाइएको छ। त्यस्तै, किला र काँटीमा १.०३७५ केजी सुन प्रयोग भएको पाइएको ती सदस्यले जानकारी दिनुभयो ।

जलहरीमा प्रयोग भएको सुनमध्ये १०७ केजी ९५३ केजी सुन अहिले पाइएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी जलहरी बनाइएको बताइएको थियो। उक्त सुनमा तामा र पित्तल थप गरी १०८ केजी भएको भनिएको उक्त जलहरीलाई लिएर संसदमा विवाद भएको थियो। सो बारेमा विवाद बढेपछि पशुपतिमा अख्तियार पसेको थियो।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस