२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले नरबन्द गरेको भनिएका चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा

Chinese billionaire Jack Ma in Kathmandu

काठमाडौं । चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आइपुग्नुभएको छ । उहाँ सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिनुभयो ।

उहाँ चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुग्नु्भएको हो । ‘ज्याक मा सवार निजी जहाज काठमाडौं अवतरण गरेको छ’ भुसालले भन्नुभयो, ‘उहाँसँग एउटा टोली पनि नेपाल आएको छ । ’

स्रोतका अनुसार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ । विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहनुभएका उहाँ विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा हुनुहुन्छ ।

फोर्ब्सका अनुसार आजको दिनमा उहाँको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गर्नुभएका उहाँ ५८ वर्षका मात्रै हुनुहुन्छ । इकमर्स बिजनेसमा आउनुअघि उहाँ ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक हुनुहुन्थ्यो । उहाँले अलिबाबा १९९९ स्थापना गर्नुभयो ।

चीन बाहिर चिनियाँ बैभवको बिम्बका रुपमा ज्याकलाई लिने गरिन्थ्यो । तर, उहाँ सन् २०२० को सुरुवाततिरबाट अचानक सार्वजनिक जीवनबाट हराउनुभयो । चीन सरकारका नीतिप्रति सार्वजनिकरुपमा आलोचना गरेपछि उहाँको कम्पनीले ल्याउन लागेको आईपीओ चीन सरकारले रद्द गरिदिएको थियो । उहाँलाई नजरबन्दमा राखिएको हल्लाकै वीच गत मार्च महिनामा उहाँ जापानमा देखिनुभयो ।

चीन सरकारसँग बिबाद भएर आईपीओ रोकिएयता उहाँ सार्वजनिक जीवनबाट टाढा गुमनाम बस्दै आउनुभएको छ । उहाँ परिवारसहित टोक्योमा बसिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्याकमा

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस