२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगरले सवारी साधनमा थप्यो यस्तो कर

Balen Shah Sunita Dangol

काठमाडौं । काठमाडौं महानगर भित्र सवारी साधनलाई भाडामा लगाउने व्यक्ति वा संस्थाले अब बहाल कर तिर्नुपर्ने भएको छ ।

आर्थिक ऐनमा महानगरपालिले बहाल कर असुल गर्ने क्षेत्र विस्तार गर्दै अब सवारी साधन थप गरेको हो । यसअघि जग्गा, भवन, घर, पसल, ग्यारेज, वर्कसप, गोदम, टहरा, सेड, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले भाडामा लगाई प्राप्त बहाल रकममा बहाल कर लाग्ने प्रावधान थियो । यो सूचीमा आर्थिक वर्ष २०८०/८१ बाट महानगरले सवारी साधन कर समेत थपेको छ ।

महानगरपालिकाका अनुसार यो कर स्रोतमै कट्टी हुने छ । महानगरले कुल बहालमा वार्षिक १० प्रतिशतका दरले बहाल कर निर्धारण गरेको छ । तर, वार्षिक बहाल १ लाख भन्दा कम हुने र आम्दानीको अन्य स्रोत नभएका करदाताको हकमा भने कर छुट माग्न सकिने र त्यसमा मूल्याङ्‍कन गरी ७५ प्रतिशतसम्म छुट दिने सकिने प्रावधान आर्थिक ऐनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस