२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप छनोटको प्ले अफमा नेपालले यूएईसँग खेल्ने

Nepali Cricket team

काठमाडौं । विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल नेपालले सातौंदेखि १०औं स्थानसम्मको प्लेअफमा यूएईसँग खेल्ने भएको छ । यो खेल आउँदो आइतबार हुने छ ।

समूह चरणमा अमेरिकालाई हराए पनि नेपाल श्रीलंका, वेष्ट इण्डिज र नेदरल्याण्ड्ससँग पराजित भएकाले सुपर सिक्समा पुग्न असफल भएको थियो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा आयरल्याण्डसँग १३८ रनको फराकिलो अन्तरले पराजित हुँदै यूएईले नेपालसँगको भेट पक्का गरेको हो । विजेता आयरल्याण्डले भने अमेरिकासँग प्ले अफ खेल्ने छ ।

यी दुई वटा खेलका विजेताले सातौं स्थानका लागि तथा पराजित २ टिमका लागि नवौं स्थानका लागि फेरि अर्को खेल खेल्ने छन् । नेपाल रहेको समूहबाट जिम्बाव्वे, नेदरल्याण्ड्स र वेष्ट इण्डिज तथा समूह बीबाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।

<iframe src=”https://www.facebook.com/plugins/video.php?height=455&href=https%3A%2F%2Fwww.facebook.com%2Fjanabolinewsmedia%2Fvideos%2F1616058952225319%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”455″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>

 

 

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस