२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज पाँच प्रदेशका एक-दुई ठाउँमा ठूलो वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । आज पाँच प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार दिउँसो कोशी र बाग्मती तथा राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

बिहान काठमाडौं उपत्यकासहित केही ठाउँमा पानी परेको थियो। अहिले भने धेरैजसो ठाउँमा घाम चर्किएको छ । अहिले घाम चर्किए पनि दिउँसो र बेलुका देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

यस्तै, आज मध्य र पूर्वी तराईका जिल्लामा हावाहुरी चल्ने अनुमान गरिएको छ । ठूलो वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले यसबाट हुन सक्ने जोखिम रोकथामका लागि सचेत हुन मौसमविद्को आग्रह छ । खेतीपातीको काम गर्दा, यात्रा र पर्वतारोहणमा निस्कँदा मौसमको जानकारी लिन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस