२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछाने विरुद्धको रिट निवेदन खारेज

Rabi Lamichhaanne

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग दाबीसहित परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदन खारेज गरेको हो । युवराज सफलले लामिछाने दोस्रोपटक समेत सांसद हुन अयोग्य भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउन र सपना प्रधान मल्लको इजलासले दावी नपुग्ने भन्दै रिट निवेदन खारेज गरेको हो ।

उहाँले अमेरिकी नागरिकता त्यागेको ३ महिना नवित्दै फेरि सांसद बनेकाले पद खारेज हुनुपर्ने दावी गर्नुभएको थियो । यति हुँदा पनि रवि लामिछानेको उमेद्वारी रद्ध नगरेको र पछि सांसद पद खारेज नगरेको भनी निर्वाचन आयोगलाई पनि विपक्षी बनाउनुभएको थियो ।

पहिलोपटक सांसद पद खारेज भएपछि रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिई फेरि प्रतिस्पर्धा गरेर सांसद हुनुभएको थियो ।

अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागेको निस्सा पेश नगरी प्रशासनबाट नागरिकता लिएको भन्दै रिट निवेदनमा त्यसमाथि छानबिन गरेर उहाँको नागरिकता खारेज गर्न अनि उहाँलाई पनि सांसद पदबाट मुक्त गर्न माग दाबी थियो ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस