२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तथ्याङ्क लिन भन्दै मुख्यमन्त्री अचानक बाहिरिएपछि कोशीको प्रदेशसभा बैठक अनिश्चित

Hikmat Karki

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथ्यांक लिन भन्दै प्रदेशसभाबाट बाहिरिनुभएको छ । आधा घन्टाको लागि स्थगित कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की बाहिरिएपछि बैठक अनिश्चित भएको हो ।

मुख्यमन्त्री बाहिरिए पनि सदस्यहरु भने बैठक हुने आशमा प्रदेशसभा परिसरर्मै हुनुहुन्छ । प्रदेशसभामा राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल सकिएको छ । उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेसभाको बैठक अझै सुरु भएको छैन ।

आफ्नो प्रस्तावमाथि छलफलमा सहभागी नेताको जवाफ दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरु प्रदेशसभाबाट बाहिरिनुभएको छ ।

मुख्यमन्त्रीले आधा घण्टाको समय मागेको कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताउनुभयो । ‘उहाँले समय माग गरेकै कारण आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो । उहाँ आउनुहुन्छ भन्ने आशामै छौं । समय गुज्रिन लाग्यो । किन के उद्देश्यले जानु भएको भन्ने कुरा मलाई जानकारीमा छैन’, सभामुख गौतमले भन्नुभयो ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस