२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशभर यसरी मनाइयो बकर इद

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् ।

काठमाडौंमा रहेका इस्लाम धर्मालम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान गरेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने प्रचलन छ । यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस