२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अलिबाबाका मालिक अर्बपति ज्याक मा नेपालबाट सिधै पाकिस्तान उडे

काठमाडौ । चिनियाँ अर्बपति ज्याकमा नेपालको तीनदिने बसाइपछि आज पाकिस्तान जानुभएको छ ।

बिहान ११ः२५ को फ्लाइटमा पाकिस्तानको लाहोरका लागि जेट बिमान उडेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

उहाँ मंगलबार सिङ्गापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आउनुभएको थियो । उहाँसहित अरु ६ जना पनि आउनुभएको थियो । जसमा एकजना महिला पनि ज्याकमाको टोलीमा हुनुहुन्छ ।

अध्यागमन विभागका अनुसार ज्याकमा ३ दिनको टुरिष्ट भिसा लिएर नेपाल भित्रिनुभएको थियो । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुनुहुन्छ । उहाँले नेपालमा कालिमाटीको तरकारी पसल समेत अनुगमन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस