२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महिला पुरुषबीच मात्र हुनुपर्छ भन्दै समलिङ्गी विवाह बारे सर्वोच्चको फैसलाविरुद्ध उत्रिए कमल थापा

काठमाडौं । पूर्व उपप्रधानमन्त्री कमल थापा समलिङ्गी विवाहविरुद्ध उत्रिनुभएको छ । नेपालको सर्वोच्च अदालतले ‘समलिङ्गी विवाह दर्ता गर्न र कानूनी व्यवस्था समेत गर्न सरकारका नाममा आदेश दिएपछि फैसलाविरुद्ध कमल थापा उत्रिनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ । समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ । विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध हो । समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ ।’

सर्वोच्च अदालतले बिहीबार समलिंगी जोडीको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो । हाल नेपालमा समलिंगी तथा यौनिक अल्पसंख्यक समुदायको विवाहसम्बन्धी कानून बनिसकेको छैन । त्यो नबन्दासम्म उनीहरुको विवाहको अस्थायी अभिलेख राखेर भए पनि विवाह दर्ता गरिदिन सर्वोच्चले आदेश दिएको हो । यसै आदेशको प्रतिवादस्वरुप थापाको वक्तव्य आएको छ ।

 

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस