२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जलहरीमा नाम लेखेको प्रश्नमा ओलीको प्रतिप्रश्न, त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरीमा नाम लेखेको विषयमा आफूलाई जोडिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । सरकारी खर्चमा बनेका संरचनाहरूमा उद्घाटन–शिलान्यास गर्नेहरुको नाम राखिनु नौलो कुरा नभएको उहाँले टिप्पणी थियो ।

भोलि रोपाईं दिवसको कार्यक्रममा भाग लिन चितवन पुग्नुभएका ओली आज स्थानीय पत्रकारहरूसँग केहीबेर सवालजवाफ गर्नुभयो । पत्रकारहरुले उहाँलाई राजनीतिदेखि जलहरीका प्रश्नहरु सोध्नुभयो । जलहरीको विषयमा प्रश्न गरिँदा ओली केही आक्रोशित देखिनुभयो ।

पत्रकारले सोध्नुभयो, जलहरीमा राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यूको नाम कुँदिएको भन्ने पनि छ नि ?

ओलीले भन्नुभयो, शिलान्यासःउद्घाटन गरेको ठाउँमा उद्घाटन गर्नेको नाम लेखेको हुन्छ कि हुँदैन ? सरकारी सम्पत्तिमा बनाएका भवन आदि–इत्यादि कसका नाममा छन् ? त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो ? अरु विभिन्न त्यस्तै‘ त्यो त मलाई थाहा हुने कुरा भएन । मैले थाहा पाउने कुरा हो त्यो ? कसकसको नाम थियो ? अर्को कुरा पशुपति विकास कोषको मान्छे थियो होला‘ ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस