२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले २०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा दिइएको बताउनुभयो । उहाँका अनुसार आज शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको छ ।

 

कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिने गरेको छ । त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् । असार १५ गते भने जुम्ला बाहेक नौ जिल्लामा सार्वजनिक बिदा हुने गरेको छ ।

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस