२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्‍चालनमा आएको छ ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्‍चालनमा आएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्‍चालनमा आएको हो ।

यसअघि विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरेको थियो ।

सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि नसकेपछि विस्फोट गराउनुपर्ने निष्कर्ष निकालेर भारतीय दूतावासमा विस्फोटक पदार्थ ल्याउने अनुमतिका लागि फाइल पठाइएको छ ।

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस