२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक सबै संकटमा छन् : ओली

चितवन । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताउनुभएको छ ।

असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन आएका एमाले अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताउनुभएको हो ।

 

अहिलेको आर्थिक संकटपूर्ण अवस्था कहिलेसम्म कायम रहला भनेर युवा उद्यमीहरुले राखेको जिज्ञासामा अध्यक्ष ओलीले अहिलेको सरकारको आर्थिक अनुशासन नभएकाले सरकार रहेसम्म संकट रहिरहने बताउनुभयो ।

उद्योगी व्यवसायीहरु संकटमा पर्दै जाने तर एमाले टुलुटुलु हेरेर मात्रै बसिरहन नसक्ने भन्दै ओलीले त्यसका लागि पार्टीले जिम्मेवार भूमिका खेल्ने बताउनुभयो । ‘कोरोनाको महामारीमासमेत हामीले अर्थतन्त्रलाई बचाएका थियौं, संकट आउन दिएका थिएनौं, बैंकमा तरलताको अभाव थिएन, ब्याजदर बढ्न दिएनौं, आपूर्तीमा खास समस्या थिएन, ठूला पूर्वाधारहरुको काम रोकिएन,’ ओलीले भन्नुभयो, ‘तर अहिले न कोरोना छ, केही छैन, किन आर्थिक संकटपूर्ण अवस्था आउन खोज्यो भन्दा सरकारको गलत नीति छ, अनुशासन भएन । अहिलेको सरकारको तस्वीर देखेपछि पुग्छ, यो समस्या कहिले टुंगिएला भनेर ।’

समस्याकाबीच जनतालाईसमेत सचेत बनाउन नसकिएको भन्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘जनताले पनि काम गरेको देखेन, इतिहास देखेन, हाँहुँका पछाडि कुद्यो, कहिलेकाहीँ इतिहासमा यस्ता समस्या आउँछन्, यस्तोमा तर्क विवेकले काम गर्दैन, एकछिन कुद्नका लागि काम गर्छ, सेन्टिमेटले देश बन्दैन । जबसम्म आम रूपमा रियलाइज गर्दैनौं तबसम्म काम लाग्दैन ।’

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस