२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओली र रविको चितवनमा जम्काभेट : माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे साथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताउनुभएको छ । आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै उहाँले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नुभयो ।

शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर पुग्नुभएका दुवै नेताहरुको भरतपुर विमानस्थलमा जम्काभेट भयो । विमानबाट ओर्लिएर गाडी चढ्न लाग्नुभएका एमाले अध्यक्ष ओलीसँग भएको छोटो सम्वादमा रास्वपा अध्यक्ष लामिछानेले केरा र माछाको आयात रोक्नका लागि ओलीको साथ खोजेको बताउनुभयो ।

‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरामा आयात प्रतिबन्ध लगाउन आवश्यक भइसकेको छ,’ लामिछानेले ओलीलाई भन्नुभयो । जवाफमा ओलीले हुन्छ भन्ने जवाफ फर्काउनुभयो । सँगै रहनुभएकी ओली पत्नी राधिकाले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गर्नुभयो । जवाफमा रविले, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जानुपर्छ । नेपाली कृषकलाई उकास्नुपर्छ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस