२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

४० जना यात्रुहरु सवार बस कपिलवस्तुमा दुर्घटना

काठमाडौं । बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो ।

घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी निमबहादुर घलेले जानकारी दिनुभयो ।

 

‘२ महिला र ४ जना पुरुष घाइते छन्,’ डिएसपी घलेले भन्नुभयो, ‘दुई जना घाइतेको अवस्था मध्यम खालको थियो । उपचारपछि अहिले सामान्य छ ।’ उहाँका अनुसार बसमा ४० जना यात्रुहरु सवार थिए ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस