
काठमाडौं । आज चितवनमा खेत रोप्न जानु अगाडि नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जगतपुरमा रहेको व्यवसायी यज्ञ सुवेदीको केरा फर्मको अवलोकन गर्नुभएको छ । सुवेदी चितवनका पुराना केरा व्यवसायी हुनुहुन्छ । यज्ञ सुवेदीले ओलीलाई बोटैमा पाकेको केरा खुवाउनुभयो ।
बोटमा नै पाकेका केरा ओलीलाई खुवाउने भनेर लामो समयदेखि राखेको र आज खान दिन पाउँदा अति नै खुशी लागेको सुवेदीले बताउनुभयो । केरा फर्ममा एमाले अध्यक्ष ओली आउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार