२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, सहजिकरण गर्न पूर्व मिस नेपाल सुगरिका र सुरजसिंह ठकुरी पुगे

चितवन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली असार १५ मनाउन चितवन आउनुभएको छ । उहाँ सहितको टोलीले आज केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने कार्यक्रम छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्नुभएको थियो ।

विहीबार दिउँसो चितवन आउनुभएका ओलीले भरतपुर महानगरपालिका वडा नं. २४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेर १५ असार मनाउने कार्यक्रम रहेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । धान रोपाइँ कार्यक्रममा पार्टीको ब्यानर र झण्डा बोकेर कोही पनि नजाने न्यौपानेले बताउनुभयो ।

एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष डाक्टर प्रेम दंगालले धान रोपाइँको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । उहाँका अनुसार करिब ३ विघा जग्गामा धान रोपाइँ गर्ने कार्यक्रम छ । बोरिङ्गबाट तानिएको पानीले खेत भिजाइएको छ । ‘बाउसे, अन्य रोपाहारहरु पनि हुन्छन्, पन्चैबाजा बजाउने, असारे भाका गाउने, लोक दोहोरी सुन्ने रमाउने कार्यक्रम पनि छ’ महासंघका अध्यक्ष दंगालले भन्नुभयो, ‘असार १५ भएकोले केरा, दहीचिउरा खाने व्यवस्था पनि स्थानीयवासिन्दाले मिलाउनुभएको छ ।’

ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया गर्ने र छोटो अनौपचारिक सम्वोधन पनि गर्ने कार्यक्रम तय भएको छ । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको किसान महासंघका अध्यक्ष दंगालले जानकारी दिनुभयो ।

खेत रोप्न जानु अगाडि एमाले अध्यक्ष ओलीले जगतपुरमा रहेको व्यवसायी यज्ञ सुवेदीको केरा फर्मको अवलोकन गर्नुभएको छ । सुवेदी चितवनका पुराना केरा व्यवसायी हुनुहुन्छ । बोटमा नै पाकेका केरा ओलीलाई खुवाउने भनेर राखेको सुवेदीले बताउनुभयो । केरा फर्ममा एमाले अध्यक्ष ओली आउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । उहाँले बोटमा नै पाकेका केरा खुवाउनुभयो ।

रोपाइँ कार्यक्रम पछि भने ओली रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा त्यहाँका कृषिका विद्यार्थी, कृषि विज्ञ तथा प्राविधिकहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरिएको छ । त्यस कार्यक्रमलाई सहजीकरण गर्न पूर्व मिस नेपाल सुगरिका के.सी. र टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी चितवन आउनुभएको छ ।

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस