२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमरेकिन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ०८ पैसा र बिक्री दर १४३ रूपैयाँ ७३ पैसामा काराेबार भइरहेकाे छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसामा काराेबार भएकाे थियाे भने युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा कायम गरिएकाे थियाे।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ७९ पैसा र बिक्री दर १६६ रूपैयाँ ५५ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले शुक्रवार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ २२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा ताेकिदिएकाे छ।

चाइनिज युआन १ काे खरिद दर १८ रूपैयाँ १० पैसा तथा बिक्रिदर १८ रूपैयाँ १९ पैसा कायम गरिएकाे छ भने जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ ० पैसामा किनबेच हुनेछ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ ४ पैसा रुपैयाँ रहेको छ भने बिक्री दर २८ रूपैयाँ १७ पैसा तथा साउदी रियाल एकको खरिद दर ३४ रूपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ३५ रूपैयाँ ०९ पैसा कायम गराएकाे छ।

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस