२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् अहिले चलेका नेपाली, हिन्दी, अंग्रेजी फिल्म

काठमाडौं । के तपाई फिल्म हेर्ने मुडमा हुनुहुन्छ ? तर अहिले के फिल्म चलिरहेका छन् त्यो थाहा छैन । त्यसका लागि यो समाचार उपयुक्त हुनसक्छ । अहिले नेपालमा नेपाली, हिन्दी, अंग्रेजी गरेर तीन फिल्म प्रदर्शनरत छन् । फिल्म हुन् ‘परस्त्री’, ‘सत्यप्रेमकी कथा’ र ‘इन्डियाना जोन्स एण्ड डायल आफ डेस्टिनी’ । यी सबै फिल्म बिहिबार र शुक्रबार गरेर प्रदर्शनमा आएका हुन् ।

नेपाली र हिन्दी दुई भाषामा निर्माण भएको फिल्म ‘परस्त्री’ नेपाल र भारत एकसाथ प्रदर्शनमा आएको हो । नेपाल प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्म सुरज पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेको अभिनय छ ।
शर्मिला पाण्डेको निर्माण र दीपेन्द्र के. खनालको लेखन रहेको फिल्मलाई निरज कँडेलले छायांकन गरेका हुन् । फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने समस्या कथा बनाएको छ ।

‘सत्यप्रेमकी कथा’
फिल्म ‘आदिपुरुष’ पछि नेपालमा रोकिएको हिन्दी फिल्मको प्रदर्शन फेरि सुरु भएको हो । अभिनेता कार्तिक आर्यन र अभिनेत्री कियारा आडवाणी स्टारर फिल्म ‘सत्यप्रेमकी कथा’ ‘आदिपुरुष’ का वितरक मनोज राठीले नै नेपाल भित्र्याएका हुन् । फिल्म ‘सत्यप्रेम की कथा’ मा कार्तिक आर्यन र कियारा आडवाणीको साथमा सुप्रिया पाठक कपूर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त र शिखा तलसानिया लगायतको अभिनय छ ।

‘इन्डियाना जोन्स एण्ड डायल आफ डेस्टिनी’
‘इन्डियाना जोन्स एण्ड डायल आफ डेस्टिनी’ २०२३ को अमेरिकी एक्शन एड्भेन्चर फिल्म हो । फिल्मका निर्देशक जेम्स मंगोल्ड हुन् । फिल्ममा ह्यारिसन फोर्ड, फोबी वालर, एन्टोनियो ब्यान्डेरा, टोबी जोन्स, इथान इसिडोर लगायतको अभिनय छ । फिल्मको छायांकन फेडोन पापामिचेले गरेका हुन् ।

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस