२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफै मेसिन चलाएर चितवनमा केपी ओलीको धान रोपाइँ

चितवन । असार १५ मनाउन चितवन आउनुभएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्नुभएको छ । उहाँले आफै मेसिन चलाएर धान रोप्नुभएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्नुभएको थियो । धान रोपाइँका लागि ओली बिहीबार दिउँसो नै चितवन आइपुग्नुभएको हो ।

भरतपुर महानगरपालिका वडा नं. २४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको ३ विघा जग्गामा धान रोपाइँ भएको छ । बोरिङ्गबाट तानिएको पानीले खेत हिलो बनाइएको थियो ।

ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्र्तक्रिया पनि गर्नुभयो । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस