२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

काठमाडौं महानगरले ल्याएको बजेटमा यस्ता छन् नागरिकले पाउने मुख्य सुविधा

Balen Shah Sunita Dangol

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार राष्ट्रिय सभा गृहमा महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नुभयो ।

महानगरले ल्याएको बजेटका मुख्य बुँदाहरूः

विद्यार्थीहरूमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रवर्द्धन गर्न, गरीखाने शिक्षा, महानगरको इच्छाु योजनाका लागि विभिन्न कार्यक्रम संचालन गर्न ५० सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि मासिक भत्ता वृद्धि, सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा योजनामार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ३५ करोड विनियोजन गरेको छ।

महानगरवासीलाई सहुलियत मुल्यमा औषधी उपलब्ध गराउनका लागि सुलभ फार्मेशीको स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड विनियोजन गरेको छ। एम्बुलेन्स सेवा (१०२ हटलाइन) संचालन गर्न १ करोड ४४ लाख, बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँग सहकार्य गरी एक निर्दिष्ट नगर अस्पताल संचालनमा ल्याउन १० करोड, धुलोरहित काठमाडौ योजनालाई कार्यान्वयन गर्न र विभिन्न कार्यक्रम संचालन गर्न १०० करोड विनियोजन गरेको छ।

उज्यालो शहर, मेरो महानगरु योजना अन्तर्गत सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने एवं महानगरका १०० वटा मुख्य क्षेत्रहरुमा हाइमास्ट (अग्ला) बत्ती जडान गर्न ३० करोड, नगरप्रहरीको दरबन्दी बढाएर ५०० जना रहने व्यवस्था, जनशक्तीलाई श्रम बैंक स्वर्णिम योजनामा आबद्ध गराई सिप तथा क्षमता विकास मार्फत रोजगारीको अवसर सिर्जना गर्न १० करोड विनियोजन गरेको छ।

न्याय चौतारी कार्यक्रम संचालनका लागि १ करोड, तरकारी एवं फलफुलको विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि १ करोड ५० लाख, महानगरको २० वर्षे रणनीतिक योजना मिसन २१०० तर्जुमा गर्न १ करोड, महानगरवासीलाई अर्गानिक तरकारी, फलफुल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताका र स्थानीय तहसँग सम्झौता गरी कृषिउपजको विक्री वितरण तथा भण्डारण गर्न एग्रोपुलिब कार्यक्रमको लागि १ करोड विनियोजन गरेको छ।

डुवान समाधानु स्वर्णिम कार्यक्रमका लागि ४ करोड, महानगर टेलिभिजन स्थापना गर्न ५ करोड, उत्पादन र उपभोगलाई जोड्न अनलाइन इकमर्स पोर्टलमार्फत मेट्रो मार्ट संचालनमा ल्याउन १ करोड, आर्थिक वर्ष महानगरपालिकाले सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रका लागि छुट्याएको छ। शिक्षाका लागि १ अर्ब ३२ करोड ९ लाख ३३ हजार बजेट विनियोजन गरेको छ।

यस्तै स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरिएको छ।यस्तै पूर्वाधारका लागि ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ। संस्कृति सम्पदा तथा पर्यटनका लागि २ अर्ब १३ करोड ७६ लाख, वातावरण व्यवस्थापनका लागि ८७ करोड ९३ लाख र संस्थागत विकास तथा सुशासनका लागि १० करोड विनियोजन गरिएको छ।

 

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस