२०८३ असोज २ गते शुक्रवार | 2026 September 18th Friday

निर्वाचनपछि बेलायतको बधाई, नेपालसँग ‘१०० वर्षे मित्रता’ बलियो बनाउने प्रतिबद्धता

प्रकाश काफ्ले/काठमाडौं । बेलायतले हालै सम्पन्न ऐतिहासिक निर्वाचनमा सफलता हासिल गरेको भन्दैराष्ट्रिय स्वतन्त्र पार्टी लाई बधाई दिएको छ। बेलायती पक्षले नयाँ सरकार गठन भएपछि नेपालसँग नजिकबाट सहकार्य गर्दै विभिन्न क्षेत्रमा सम्बन्धलाई थप मजबुत बनाउने इच्छा व्यक्त गरेको छ।

बेलायतले दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई आगामी दिनमा अझ गहिरो बनाउने प्रतिबद्धता पनि जनाएको छ। दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई विस्तार गर्दै ‘१०० वर्षे मित्रता’ को दिशामा अघि बढ्ने लक्ष्य राखिएको बताइएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस