२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धनु राशि Sagittarius : असार १६, २०८०, शनिवारको राशिफल पढ्नुहोस्

धनु राशि (Sagittarius)
धनु राशिका व्यक्तिहरुको कुरा गर्ने हो भने आज तपाईका लागि अरु दिनहरु भन्दा राम्रो रहनेछ । गृहस्थ जीवनमा सुख शान्ति छाउनेछ। दाजुभाइ र दिदीबहिनीबीचको मनमुटाव समाप्त हुनेछ। छिमेकीको हस्तक्षेपले आज तपाईको परिवारमा दरार पैदा भने गर्न सक्छ । यसमा सावधान रहनुहोस्। आफ्नो जीवनसाथीको साथमा समधुरता बढ्नेछ । तपाई परिवारको कल्याणका लागि काम गरेको देखिनेछ ।

वरिष्ठ सदस्यहरूले तपाईलाई केही जिम्मेवारीहरू सुम्पिनेछन्, जुन तपाईले पूरा गर्नुपर्छ। परिवारका सबै सदस्य मिलेर कुनै न कुनै धार्मिक स्थलको यात्रामा जाने देखिन्छ । श्रीमतीको माइतीबाट शुभ समाचार सुन्न पाइनेछ । दिदीबहिनीको स्वास्थ्यमा सुधार आउनेछ । बुबाको सहयोग मिल्नेछ । नयाँ आम्दानीको अवसर मिल्नेछ । आर्थिक अवस्था राम्रो हुनेछ। तपाई मानसिक र शारीरिक रूपमा थकित महसुस गर्न सक्नुहुन्छ, केहि आराम र पोषक तत्व लिनुहोस्

तपाईको ऊर्जा स्तरलाई माथि राख्न आहारले महत्त्वपूर्ण भूमिका खेल्छ। आज तपाई आफ्नो परिवारका सदस्यहरूलाई बाहिर घुम्न लैजान सक्नुहुन्छ र तपाईले धेरै पैसा खर्च गर्न सक्नुहुन्छ। आज घरपरिवारमा धनको विषयमा विवाद हुनसक्छ । पैसाको मामिलामा तपाईले परिवारमा सबैलाई स्पष्ट हुन सल्लाह दिनुपर्छ। समाजको उन्नतिको लागि काम गर्नेहरुको इज्जत बढ्नेछ ।

यसलाई यहाँ क्लिक गरेर हिन्दी लगायत अरु भाषामा पढ्न पाउनुहुनेछ ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस