२०८१ जेष्ठ ८ गते मङ्गलवार | 2024 May 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिनेता पुष्प खड्का र कविता नेपालीको भिडियो सार्वजनिक [ भिडियोसहित ]

काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ ।

डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’ को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ । भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपाली लगायतको अभिनय छ ।

गीतमा कामेश्वर गम्बर सिंहको रुपमा प्रस्तुत भएका छन् । गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ । जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्देशन छ । भिडियोका निर्माता पनि शिशिर जय खरेल नै हुन् । गीत खरेलकै आफ्नो युट्युब च्यानल जय हो द फिल्म प्रोडक्सनबाट रिलिज भएको छ ।

गीत तथा भिडियो निकै राम्रो बनेकाले दर्शक श्रोताको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार खरेलले बताए ।

 

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस