२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाँचवटा जिल्लामा भारी वर्षा, बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन आग्रह

weather forecast nepal today

काठमाडौं । देशका केही स्थानमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) र आसपासका क्षेत्रमा आज भारी वर्षा भइरहेको छ ।

यी जिल्ला र यसका आसपास भएर बहने स–साना नदीहरूमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त क्षेत्रका तटीय भू–भागमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

अहिले तिनाउ नदीको जलसतह खतरा तहभन्दा माथि रहेको र आज खतरा तह माथि नै रहने पूर्वानुमान रहेको छ । देशका अन्य नदीहरूको बहाव बढ्दो अवस्थामा रहे पनि सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस