२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साप्ताहिक राशिफल : असार १६ देखि २२ गते सम्म मीन राशिको राशिफल

Nepali Weekly Horoscope Rashifal

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । मन भावुक र उत्ताउलो बन्नसक्छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च बढ्नेछ । मङ्गलवारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी या निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता शुभ कार्यमा सरिक भइनेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता मनोरञ्जनमा सहभागिता भइएला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता कतैबाट नयाँ र शुभ समाचार सुन्न पाइनेछ । । आकस्मिक धन लाभ समेत हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ मध्य साताबाट बन्न लागेको काम बिग्रनसक्छ । नाक तथा घाँटीमा समस्या आउनेछ अत: स्वास्थ्य प्रति सजग रहनुहोला । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता दबाब र तनाव बढेको महसुस हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । बुधवारबाट प्राविधिक र राजनैतिक कार्यमा सफलता । प्रेमीको सहयोग पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३.६ र शुभ रङ्ग ध्वाँसे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता सामाजिक कार्यमा सफलता हात लाग्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो हप्ता नयाँ र शुभ कार्यको योजना बन्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता माध्यम नै रहनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिने बेला छ । खानपिनको विविध परिकार खान पाइनेछ । धार्मिक यात्राको योग र योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग बैजनी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता बन्धु बान्धवबाट सहयोग मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । शेयर बजारको क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । रोकिएका अधुरा कामहरूको पुन: योजना बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कृषि कार्यहरू अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग घ्यू रङ्ग वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबाको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस