२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बारम्बारको प्राविधिक समस्यापछि आज श्री एयरलाइन्सका सबै उडान स्थगित

Shree Airlines

काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एयरलाइन्स प्रालिले आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ । उहाँका अनुसार श्री एयरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमवारदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुनेछन् । शनिवार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जस कारण धनगढी उडेको सो विमान पुनः काठमाडौं नै फिर्ता गरी अवतरण गराइएको थियो । सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस